Kathmandu Press

वेस्टइन्डिजविरुद्धको सिरिजमा क्यारीले अस्ट्रेलियन टिमको कप्तानी गर्ने

काठमाडौं, साउन ५ : वेस्टइन्डिजविरुद्धको एकदिवसीय सिरिजमा अस्ट्रेलियन टिमको कप्तानी विकेटकिपर ब्याट्सम्यान एलेक्स क्यारीले गर्ने भएका छन्। नियमित कप्तान फिन्च घाइते भएपछि अस्ट्रेलियन क्रिकेट...
वेस्टइन्डिजविरुद्धको सिरिजमा क्यारीले अस्ट्रेलियन टिमको कप्तानी गर्ने
Hardik ivf

काठमाडौं, साउन ५ : वेस्टइन्डिजविरुद्धको एकदिवसीय सिरिजमा अस्ट्रेलियन टिमको कप्तानी विकेटकिपर ब्याट्सम्यान एलेक्स क्यारीले गर्ने भएका छन्। नियमित कप्तान फिन्च घाइते भएपछि अस्ट्रेलियन क्रिकेट बोर्डले क्यारीले कप्तानीको जिम्मेवारी दिएको हो।

३४ वर्षीय फिन्च वेस्टइन्डिजनविरुद्धको टि–२० सिरिजको अन्तिम खेलमा घाइते भएका थिए। खेलका क्रममा फिन्चको घुँडामा चोट लागेको थियो। सोही कारण उनले वेस्टइन्डिजविरुद्धको एकदिवसीय गुमाएका छन्।

कप्तानीको जिम्मेवारी पाएपछि क्यारीले आफू एकदमै खुसी भएको बताएका छन् । ‘यो मेराका लागि ठूलो सम्मान हो। बोर्डलाई मलाई अस्ट्रेलियन टिमको नेतृत्व गर्न सक्षम सम्झिाएको छ,’ उनले भनेका छन्, ‘देशको कप्तानी गर्नु भनेको खेलाडीका लाडि सबैभन्दा ठूलो सुविधा हो। र, यो सम्मानका लागि बोर्डप्रति आभारी छु।’
 

प्रकाशित मिति: ११:०९ बजे, मंगलबार, साउन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्