कक्षा १२ को परीक्षाबारे आज निर्णय हुँदै
काठमाडौं, साउन ५ : कोरोनाभाइरसको महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा सञ्चालनका विषयमा आज निर्णय गर्न लागिएको छ।स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा...
काठमाडौं, साउन ५ : कोरोनाभाइरसको महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा सञ्चालनका विषयमा आज निर्णय गर्न लागिएको छ।
स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा १२ को परीक्षा सञ्चालन गर्न कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अनुमति दिएको छ। सर्त सहित परीक्षा सञ्चालन गर्न सीसीएमसीले अनुमति दिएको शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताए।
सीसीएमसीले अनुमति दिएपछि आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए। उनका अनुसार आज बेलुका ५ बजे बस्ने बैठक बस्नेछ।
आज बस्ने बोर्डको बैठकबाट कक्षा १२ को परीक्षाको मिति तोकिने जनाइएको छ। कक्षा १२ मा तीन लाख ७५ हजार विद्यार्थी छन्।
यसअघि कक्षा १२ को परीक्षा जेठ महिनामा तय गरिएको थियो। तर, कोरोनाका कारण स्थगित भएको थियो। कक्षा ११ को परीक्षा भने आन्तरिक मूल्यांकनका आधारमा गरिएको छ।
-1789640101-1789640288.jpg)










