Kathmandu Press

आज पनि एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, साउन ५ : आज पनि नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बस्न लागेको छ।ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको सभाकक्षमा एमाले केन्द्रीय...
आज पनि एमाले केन्द्रीय कमिटी बैठक बस्दै
तस्बिर : रासस

काठमाडौं, साउन ५ : आज पनि नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बस्न लागेको छ।

ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको सभाकक्षमा एमाले केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज अपराह्न ३ बजे बैठक बोलाइएको छ।

एमाले केन्द्रीय कमिटी बैठक सोमबार पनि बसेको थियो। बैठकले २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवालाई आइरतबा प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए। देउवालाई एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए। उनीहरुलाई केन्द्रीय कमिटीले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

देउवालाई विश्वासको मत दिनेमा वरिष्ठ नेता नेपाल पक्षका १४ जना र अध्यक्ष केपी शर्मा ओली पक्षका आठ जना रहेका थिए।

सोमबारको केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षका नेता भने सहभागी भएनन्। यसअघि आइतबारको स्थायी कमिटी बैठकमा पनि सहभागी भएका थिएनन्।

प्रकाशित मिति: ०७:२२ बजे, मंगलबार, साउन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्