आज चार प्रदेशमा भीषण वर्षाको सम्भावना
काठमाडौं, साउन ५ : आज देशका चार प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार...
काठमाडौं, साउन ५ : आज देशका चार प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।
आज दिउसो पनि बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भीषण वर्षा हुने महाशाखाको आकलन छ।
त्यस्तै, राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने भीषण वर्षाको हुने महाशाखाको प्रक्षेपण छ।
प्रकाशित मिति: ०६:५२ बजे, मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789640101-1789640288.jpg)










