Kathmandu Press

जुलाई २४ देखि काठमाडौं–दिल्ली ६ वटा उडान हुने

जुलाई २४ देखि काठमाडौं–दिल्ली ६ वटा उडान हुने

काठमाडौं, साउन ४ : यसअघि काठमाडौंबाट सातामा दुुई उडान मात्र हुँदै आएको भारतको नयाँ दिल्लीमा अब ६ उडान हुने भएको छ।

नयाँ उडान तालिका जुलाई २४ बाट मात्र लागु हुने नेपाल वायुसेवा निगमले जनाएको छ।

निगमका अनुसार अब नयाँ दिल्लीमा काठमाडौंबाट सोमबार, बुधबार र शनिबार उडान हुनेछ। यहीबमोजिम एयर इन्डियाले पनि उडान तालिका तोक्ने जनाइएको छ।

दुई उडानले मात्र सिट उपलब्ध नहुँदा नयाँ दिल्लीको भाडा अत्यधकि महँगो भएको गुनासो आएपछि उडान संख्या बढाइएको बताइएको छ। 

प्रकाशित मिति: १७:५८ बजे, सोमबार, साउन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्