दुुईपटकको संवैधानिक नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं साउन ४ : संसदीय सुनुवाइबिना संवैधानिक आयोगहरूमा गरिएको पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।अधिवक्ता ओमप्रकाश अर्यालले दुईपटक भएको संवैधानिक आयोगका पदाधिकारीको...काठमाडौं साउन ४ : संसदीय सुनुवाइबिना संवैधानिक आयोगहरूमा गरिएको पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
अधिवक्ता ओमप्रकाश अर्यालले दुईपटक भएको संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिविरुद्ध रिट लिएर सर्वोच्चमा रिट दायर गरेका हुन्। सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट दर्ता भने भइनसकेको छैन।
अधिवक्ता अर्यालले रिटमा प्रधानमन्त्री, राष्ट्रपति, मन्त्रिपरिषद कार्यालय, संवैधानिक परिषद्का पदाधिकारी तथा त्यसको सचिवालयलाई विपक्षी बनाएका छन्।
उनले यसअघि पनि नियुक्तिविरुद्ध उनले रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाइ नभएकाले फेरि रिट दिन आएको अधिवक्ता अर्यालले जनाएका छन्।
निवर्तमान ओली सरकारले संविधानविपरीत अध्यादेश ल्याएर बसेको संवैधानिक परिषद्को सिफरिसमा राष्टपतिारा गरिएको नियुक्ति बदर हुनुपर्ने माग अर्यालले रिटमा राखेका छन्।
संवैधानिक आयोगमा दुईपटक गरेर ५३ जना संसदीय सुनुवाइबिनै नियुक्त भएका छन्।

-1789640101-1789640288.jpg)









