जसपा ठाकुर पक्षको बैठक बबरमहलमा जारी
काठमाडौं, साउन ४ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक बबरमहलस्थित पार्टी कार्यालयमा बसिरहेको छ । निवर्तमान प्रधानमन्त्री...
काठमाडौं, साउन ४ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक बबरमहलस्थित पार्टी कार्यालयमा बसिरहेको छ ।
निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई समर्थ गर्दै आएको सो पक्षले हिजो ‘युटर्न’ मार्दै प्रतिनिधिसभामा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको थियो।
अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री देउवाले पत्र लेखेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए।
परिवर्तित राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भनी रणनीति तय गर्न ठाकुर पक्षले छलफल गरिरहेको बताइएको छ।
ठाकुर र जसपाका अध्यक्ष उपेन्द्र महतोबीच लामो समयदेखि विवाद छ। तर यतिखेर दुवै पक्षले देउवा सरकारलाइ समर्थन गरिरहँदा पार्टीभित्रको विवादलाई कसरी विश्लेषण गर्ने भनेर पनि छलफल हुने बताइएको छ।
जसपा अध्यक्षद्वय ठाकुर र यादव पक्षबीच पार्टी आधिकारिकताबारे विवाद निर्वाचन आयोगमा विचाराधीन अवस्थामा छ।

-1789640101-1789640288.jpg)









