Kathmandu Press

प्रधानमन्त्री देउवा र मोदीबीच फोन वार्ता- छिट्टै कोभिसिल्ड खोप नेपाल आउने

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार फोन वार्ता भएको छ। त्यसक्रममा भारतीय प्रधानमन्त्री मोदीले भारतमा निर्मित कोभिसिल्ड खोप नेपाललाई छिट्टै उपलब्ध गराइने बताएका छन्।
प्रधानमन्त्री देउवा र मोदीबीच फोन वार्ता- छिट्टै कोभिसिल्ड खोप नेपाल आउने

काठमाडौं, साउन ४ : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार फोन वार्ता भएको छ ।

त्यसक्रममा भारतीय प्रधानमन्त्री मोदीले भारतमा निर्मित कोभिसिल्ड खोप नेपाललाई छिट्टै उपलब्ध गराइने बताएका छन् ।

Hardik ivf

भारतीय प्रधानमन्त्री मोदीले आइतबार अत्यधिक बहुमतसहित विश्वासको मत प्राप्त गर्नासाथ टेलिफोनमार्फत बधाइ दिएका थिए ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार सोमबार दुई नेताबीच लामो कुराकानी भएको छ । 

प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीविरुद्ध लड्न भारतको सहयोग जरुरी भएको बताएका थिए । र, भारतीय प्रधानमन्त्री मोदीले महामारीविरुद्ध लड्न भारत सरकार नेपाल र नेपाली जनताको साथमा रहेको बताएका थिए ।

‘मैले आज अपराह्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेँ, त्यसक्रममा द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउनेबारेमा कुराकानी भयो,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्री मोदीले कोभिड खोप जतिसक्दो चाँडो उपलब्ध गराइने विश्वास दिलाउनुभएको छ । मैले आफूलाई बधाइ दिएकामा धन्यवाद व्यक्त गरेको छु ।’

प्रकाशित मिति: १५:३४ बजे, सोमबार, साउन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्