एमाले केन्द्रीय कमिटी बैठक मंगलबार बस्नेगरी स्थगित, आजै बालकाेटमा स्थायी कमिटी बैठक
काठमाडौं, साउन ४ : एमाले केन्द्रीय कमिटी बैठक आज (सोमबार) को बैठक मंगलबार बस्नेगरी स्थगित गरिएको छ।सो बैठक स्थगित गर्दै एमाले अध्यक्ष केपी...
काठमाडौं, साउन ४ : एमाले केन्द्रीय कमिटी बैठक आज (सोमबार) को बैठक मंगलबार बस्नेगरी स्थगित गरिएको छ।
सो बैठक स्थगित गर्दै एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित निवासमा आजै ३ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको छ। मंगलबार बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न स्थायी कमिटी बस्न लागेको एक नेताले बताए।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै एमालेले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
एमाले एकता कार्यदलले प्रस्ताव गरेको १० बुँदे सहमतिलाई ग्रहण गर्ने निर्णय पनि केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ।
प्रकाशित मिति: १५:०६ बजे, सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








