Kathmandu Press

कञ्चनपुरमा स्कुटर दुर्घटना, दुई भारतीय महिलाको मृत्यु

बेलाैरी, असार २१ : कञ्चनपुरको बेलौरी नगरपालिका–१० मा स्कुटर दुर्घटना हुँदा दुई भारतीय महिलाको मृत्यु भएको छ। 

युपी २६ एए ६५३....

कञ्चनपुरमा स्कुटर दुर्घटना, दुई भारतीय महिलाको मृत्यु
सांकेतिक

बेलाैरी, असार २१ : कञ्चनपुरको बेलौरी नगरपालिका–१० मा स्कुटर दुर्घटना हुँदा दुई भारतीय महिलाको मृत्यु भएको छ। 

युपी २६ एए ६५३८ नम्बरको स्कुटर कल्भर्टमा ठोक्किँदा भारत उत्तरप्रदेशको पिलिभित जिल्ला ग्राम कम्पोजनरका २५ वर्षीय मनिषा हमाल र २३ वर्षीय पलविन्दर चौधरीको मृत्यु भएको प्रहरीचौकी भुडाका प्रहरी सहायक निरीक्षक डम्बरसिंह कार्कीले जानकारी दिए।  

उनीहरु बेलौरीको शिवनगरमा रहेका माइती भेट्न आएका शुक्रबार साँझ आएका थिए। दुवै जना माइतीलाई भेट्न आउने क्रममा स्कुटी असुन्तुलन भई कर्ल्भटमा ठोक्किँदा गम्भीर घाइते उनीहरुको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी सहायक निरीक्षक कार्कीले बताए। 

दुवै जनाको शव शनिबार परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १३:३४ बजे, शनिबार, असार २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्