Kathmandu Press

स्वास्थ्य सचिवका लागि तीनजनाको नाम सिफारिस

काठमाडौं, साउन ४ : स्वास्थ्य सचिवका लागि डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरिएको छ ।आज (सोमबार) बिहान...
स्वास्थ्य सचिवका लागि तीनजनाको नाम सिफारिस

काठमाडौं, साउन ४ : स्वास्थ्य सचिवका लागि डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरिएको छ ।

आज (सोमबार) बिहान सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले १२औं तहमा बढुवा हुँदाको क्रमलाई हेरेर स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ रहेका डा. पोखरेल, डा. सिंह र श्रेष्ठको नाम पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको हो।

अब बस्ने मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य समूहको सचिव छनोट गर्ने सम्भावना छ।

करिब साढे तीन वर्ष स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य समूहको सचिव पद हटाइँदा त्यहाँको काम बाहिरका सचिवले नै गर्दै आएका थिए।

सिफारिस गरिएकामध्ये श्रेष्ठको कार्यकाल अब दुई साता मात्रै बाँकी छ। अन्य दुईजनाको कार्यकाल भने तीन वर्षभन्दा बढी छ।

प्रकाशित मिति: १४:४८ बजे, सोमबार, साउन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्