Kathmandu Press

मनसुन अझै केही दिन सक्रिय नहुने

काठमाडाैं, असार २१ :  असार तेस्रो साता भइसक्दा पनि अझै मनसुन सक्रिय हुन सकेको छैन। न्यूनचापीय रेखा मध्य भारतमै रहेकाले मनसुनी गतिविधि सक्रिय....

मनसुन अझै केही दिन सक्रिय नहुने
फाइल

काठमाडाैं, असार २१ :  असार तेस्रो साता भइसक्दा पनि अझै मनसुन सक्रिय हुन सकेको छैन। न्यूनचापीय रेखा मध्य भारतमै रहेकाले मनसुनी गतिविधि सक्रिय हुन नसकेकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन प्रवेश गरिसके पनि केही दिन सक्रिय र केही दिन कमजोर हुने क्रम चलिरहने महाशाखाका मौसमविद् विभूति पौखरेलले बताइन्। मनसुन ट्रस्ट भारतको मध्य भू–भागमै रहेको र नेपालसम्म आइपुग्न तीन–चार दिन लाग्ने मौसविद् पोखरेलले बताइन्। 

जल तथा मौसम पूर्वनुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वनुमान जारी गदै आज देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। 

आइतबार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। सोमबार देशैभरी आंशिकदेखि सामान्य बद्ली रही एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहेको छ। त्यस्तै, आज सबै भन्दा धेरै नेपालगञ्जको अधिकमत तापक्रम ३६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। 

प्रकाशित मिति: १३:२४ बजे, शनिबार, असार २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्