सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा (तस्बिरहरू)
आज (आइतबार) उपत्यकाका विभिन्न खोप केन्द्रहरूको अनुुगमन गर्ने क्रममा उनले कोरोना महामारीबाट बचाउन सबै नागरिकलाई त्यसविरुद्धको खोप दिनु सरकारको दायित्व भएको बताएका हुन्।
काठमाडौं, साउन ४ : प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिनु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
आज (आइतबार) उपत्यकाका विभिन्न खोप केन्द्रहरूको अनुुगमन गर्ने क्रममा उनले कोरोना महामारीबाट बचाउन सबै नागरिकलाई त्यसविरुद्धको खोप दिनु सरकारको दायित्व भएको बताएका हुन्।
उनले आज उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुसीमा सचालञ्न गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले सञ्ञ्चालन गरेको कुपन्डोल खोप केन्द्रको अनुगमन गरेको छु।
खोप केन्द्र व्यवस्थित बनाउन सम्बन्धित सबै निकायलाई उनले निर्देशन पनि दिएका छन्।
प्रधानमन्त्री देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको जोनसन एन्ड जोनसनको खोप लगाउने कार्यको पनि आजै शुभारम्भ गरेका छन्।
जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन्। कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी पनि सहभागी थिए ।






-1789640101-1789640288.jpg)








