Kathmandu Press

सिरहामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

सिरहा, असार २१ :  सिरहाको लक्ष्मीपुर गाउँपालिका–४ स्थित पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु भएको छ। 

साझा पोखरीमा डुबे....

सिरहामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
सांकेतिक

सिरहा, असार २१ :  सिरहाको लक्ष्मीपुर गाउँपालिका–४ स्थित पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु भएको छ। 

साझा पोखरीमा डुबेर स्थानीय नथु कुमार यादवका ६ वर्षीया छोरी लक्ष्मीकुमारी यादव र चार वर्षीया आशुकाकुमारी यादवको मृत्यु भएको हो।  

शुक्रबार साँझ खेल्ने क्रममा पोखरीमा डुबेर दुबै दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

प्रकाशित मिति: १३:२० बजे, शनिबार, असार २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्