प्रधानमन्त्री देउवाले उद्घाटन गरे जोनसन एण्ड जोनसनको खोप अभियान
जोन्सन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको एक डोजमात्र लगाए पुग्ने यो खोप अमेरिकाले १५ लाख ३४ हजार ८५० डोज नेपाललाई उपहार स्वरुप दिएको थियो।
काठमाडौं, साउन ४ : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको जोनसन एण्ड जोनसनको खोप लगाउने कार्यको शुभारम्भ गरेका छन्।
जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन् । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी पनि सहभागी थिए ।
जोन्सन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको एक डोजमात्र लगाए पुग्ने यो खोप अमेरिकाले १५ लाख ३४ हजार ८५० डोज नेपाललाई उपहार स्वरुप दिएको थियो।
उक्त खोप आजबाट ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौंमा ४४ वटा खोप केन्द्रबाट साउन ४ गतेदेखि ६ गतेसम्म खोप लगाइनेछ ।
प्रकाशित मिति: ११:१७ बजे, सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1744698085.png)