प्रधानमन्त्रीलाई गगन थापाको सुझाव, ‘बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्नुस्'

काठमाडौं साउन ४ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबदेखि बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्ने बताएका छन् ।
ओली सरकारले बालुवाटारलाई एमालेको पार्टी कार्यालय बनाएको भनेर चर्को आलोचना गर्ने कांग्रेसले पनि उही संस्कार पछ्याएपछि नेताहरूले विरोध जनाएका थिए ।
आफ्नै सांसदहरुले बालुवाटारमा पार्टीको बैठक नराख्न आग्रह गरेपछि उनले अबदेखि त्यस्तो नहुने प्रतिबद्धता जनाएका हुन् ।
कांग्रेस युवा नेता गगन थापाले पार्टी सभापति देउवाले अबदेखि त्यस्तो नहुने विश्वास दिलाएको जानकारी दिएका छन् । ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं। उहाँले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्नुभन्ने विश्वास दिलाउनु भएको छ। प्रधानमन्त्रीज्यू यो विश्वासलाई कायम राखिदिनु होला,’ थापाले सोमबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सरेलगत्तै त्यसै दिन पार्टीको पदाधिकारी बैठक बालुवाटारमा राखेको भन्दै सामाजिक सञ्जालमा कांग्रेस नेतृत्वको व्यापक आलोचना भएको छ।


-1789640101-1789640288.jpg)








