Kathmandu Press

पाकिस्तानी प्रधानमन्त्रीले दिए देउवालाई बधाई

काठमाडौं, साउन ४ : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्।प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि समकक्षी खानले बधाई दिएका हुन्।पाकिस्तानी...
पाकिस्तानी प्रधानमन्त्रीले दिए देउवालाई बधाई

काठमाडौं, साउन ४ : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि समकक्षी खानले बधाई दिएका हुन्।

पाकिस्तानी प्रधानमन्त्रीले सोमबार ट्वीट गर्दै आफूले नेपालसँगको सौहाद्र्धपूर्ण सम्बन्धलाई थप सुदृढ गर्न चाहेको बताएका छन्।

प्रधानमन्त्री खानले नेपालसँगको हार्दिक सम्बन्धलाई अझ मजबुद् बनाउन चाहेको उल्लेख गर्दै साझा हितका विषयमा नेपालसँगको सहकार्यलाई  जारी राख्ने बताएका छन्।

प्रकाशित मिति: १०:३४ बजे, सोमबार, साउन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्