आजबाट ५० देखि ५४ वर्षका नागरिकलाई खोप लगाइँदै
काठमाडौं, साउन ४ : आजबाट कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत ५० देखि ५४ वर्षसम्मका नागरिकलाई खोप लगाइने भएको छ।अमेरिकाले अनुदानमा दिएको जोन्सन एन्ड जोन्सन...
काठमाडौं, साउन ४ : आजबाट कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत ५० देखि ५४ वर्षसम्मका नागरिकलाई खोप लगाइने भएको छ।
अमेरिकाले अनुदानमा दिएको जोन्सन एन्ड जोन्सन खोप लगाउन थालिएको हो। यो खोप एक डोज लगाए पुग्छ।
आजदेखि साउन ६ गतेसम्म जोन्सन एन्ड जोन्सन खोप लगाउने तय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताए।
उनका अनुसार यो खोप ५० देखि ५४ वर्षसम्मका नागरिक, पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइनेछ।
यो खोप सबै विभिन्न खोप केन्द्रमा पुगिसकेको छ। बिहान १० बजेदेखि खोप लगाउन थालिने उनले बताए।
प्रकाशित मिति: ०६:५५ बजे, सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








