Kathmandu Press

भारतीय समकक्षी मोदीले दिए प्रधानमन्त्री देउवालाई बधाइ

अत्यधिक बहुमतसहित विश्वासको मत पाएर प्रतिनिधिसभाबाट बाहिरिनुअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले फोनमार्फत बधाइ दिएका छन् ।
भारतीय समकक्षी मोदीले दिए प्रधानमन्त्री देउवालाई बधाइ

काठमाडौं, साउन ३ : अत्यधिक बहुमतसहित विश्वासको मत पाएर प्रतिनिधिसभाबाट बाहिरिनुअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले फोनमार्फत बधाइ दिएका छन् ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाका १६५ सांसदबाट विश्वासको मत प्राप्त गरेलगत्तै भारतीय प्रधानमन्त्री मोदीले फोन गरेर बधाइ दिएका हुन् ।

सामाजिक सञ्जामार्फत पनि मोदीले देउवालाई बधाइ दिएका छन् । ‘प्रधानमन्त्री शेरबहादुर देउवामा बधाइ ज्ञापन गर्छु तथा सफल कार्यकालका लागि शुभकामना दिन चाहन्छु,’ मोदीले लेखेका छन्, ‘सबै क्षेत्रमा हाम्रो फरक ढंगको साझेदारीलाई अझ अगाडि बढाउन तपाईुंँग काम गर्न इच्छुक छु । र, जनस्तरको गहिरो नेपाल–भारत सम्बन्धलाई अझ बलियो बनाउन सकिनेमा विश्वस्त छु ।’

प्रकाशित मिति: २२:४० बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्