नेकपा एमाले रचनात्मक प्रतिपक्षको भूमिकामा रहन्छ : ज्ञवाली
काठमाडौं, साउन ३ : पूर्वमन्त्री एवं नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेकपा एमाले रचनात्मक प्रतिपक्षको भूमिकामा बस्ने बताएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा...
काठमाडौं, साउन ३ : पूर्वमन्त्री एवं नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेकपा एमाले रचनात्मक प्रतिपक्षको भूमिकामा बस्ने बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेकपा एमालेका सांसद समेत रहेका ज्ञवालीले एमाले रचनात्मक प्रतिपक्षको भूमिकामा बस्ने बताएका हुन् ।
उनले यसअघि केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा अध्यादेश पेस गर्न खोज्दा प्रतिपक्षी दलले अवरोध गरेकोमा असन्तुष्टि समेत पोखे ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाको नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि राख्दै आफूहरुले विश्वासको मत दिन नसक्ने पनि प्रस्ट पारे ।
प्रकाशित मिति: १९:०८ बजे, आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








