अदालतले प्रधानमन्त्री नियुक्त गरेको होइन, संविधानको सीमा सम्झाएको हो : मिनेन्द्र रिजाल
कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले कांग्रेसले संविधानका संरचना भत्काउने काम कहिल्यै नगरेको र नगर्ने बताएका छन् । पूर्ववर्ती सरकारले सत्तामा आएदेखि नै संविधानका संरचना भत्काउन थालेको उनले बताए।
काठमाडौं, साउन ३ : कांग्रेस सांसद डा. मिनेन्द्र रिजालले कांग्रेसले संविधानका संरचना भत्काउने काम कहिल्यै नगरेको र नगर्ने बताएका छन् । पूर्ववर्ती सरकारले सत्तामा आएदेखि नै संविधानका संरचना भत्काउन थालेको उनले बताए ।
संविधानको धारा ७६ (५) सांसदको विवेकको मतबाट सरकार गठनको प्रबन्ध रहेको उनले प्रष्ट्याए । संविधानले प्रधानमन्त्री बनाएको नभई संवैधानिक संरचना भत्काउनेहरूलाई संविधान सम्झाएको उनले बताए ।
बीपी कोइरालाले सत्य बहुआयामिक भएको बताएको र नेल्सन मन्डेलाले सत्यमाथि कसैको एकाधिकार नहुने सम्झाएको उल्लेख गर्दै डा. रिजालले आफूले देखेको मात्र सत्य भन्ने प्रवृत्ति नेपालमा अहिले पराजित भएको बताए ।
दुई तिहाइको अहंकारले अहिलेको परिस्थिति निम्तिएको उनले बताए । संविधानमा आफूलाई मन परेका धारा रहन्छन् र मन नपरेका धाराको अभ्यास नै गर्न नपाइने सोच गलत भएको उनले बताए ।
कांग्रेसले पञ्चायत र शाही शासन कालको अदालतबाट पनि न्यायको अपेक्षा गरेको उनले स्मरण गरे ।


-1789640101-1789640288.jpg)








