Kathmandu Press

राजनीति दल एकअर्काका शत्रु होइनौं : प्रधानमन्त्री देउवा 

काठमाडौं, साउन ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले  सत्तापक्ष र प्रतिपक्ष सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताएका छन् ।उनले विश्वासको मत लिने क्रममा बोल्दै भने,...
राजनीति दल एकअर्काका शत्रु होइनौं : प्रधानमन्त्री देउवा 

काठमाडौं, साउन ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले  सत्तापक्ष र प्रतिपक्ष सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताएका छन् ।

उनले विश्वासको मत लिने क्रममा बोल्दै भने,  ‘गरिबी र बेरोजगारी जस्ता चुनौती पनि छन्,’ उनले भने,‘ हामी सबैले मिलेर राम्रो काम गर्नु पर्दछ भन्न चाहन्छु । राजनीति दल एकअर्काका शत्रु होइनौं ।’

यस्तै देउवाले केपी शर्मा ओलीको साढे तीन वर्षे कार्यकालमा भएका राम्रा कामहरुका लागि ओलीलाई धन्यवाद समेत दिए । प्रधानमन्त्री देउवाले कोभिड १९ को नियन्त्रण सरकारको पहिलो प्राथमिकता रहेको जनाएका छन् । 
 

प्रकाशित मिति: १८:४७ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्