विश्वासको मत प्रस्तावमा एमाले प्रवक्ता ज्ञवालीले सम्झिए बहुदलकाल
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बहुदल कालको घटना क्रम दोहोरिएको दाबी गरेका छन्।
काठमाडौं, साउन ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बहुदल कालको घटना क्रम दोहोरिएको दाबी गरेका छन् ।
संविधानको धारा ७६ (५) को अपव्याख्या भएको दाबी पनि उनले गरे । इतिहासदेखि वर्तमानसम्म एमाले अधिकांश समय प्रतिपक्षमा बसेको उनको भनाइ थियो ।
यसअघि पनि नौ महिनामा तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई भारतको नाकाबन्दीको विरोध गरेको र चीनसँग पारवाहन सम्झौता गरेका कारण सत्ताबाट हटाइएको उनको दाबी थियो ।
सर्वोच्च अदालतको फैसलालाई आफूहरूले मान्ने बताए । तर, शक्ति पृथकीकरणका सिद्धान्त, नियन्त्रण र सन्तुलन भने मिचिएको दाबी गरे ।
संसद् विघटन गलत भएको भए ‘फलानाले फल ग¥यो, यस विन्दुबाट फेरि फुटबल अगाडि बढाऊ’ भन्नुपर्नेमा अदालतले सीधै प्रधानमन्त्री नियुक्त गरेको उनले आरोप लगाए ।


-1789640101-1789640288.jpg)








