Kathmandu Press

जसपाको महन्थ-राजेन्द्र समूहले पनि देउवालाई विश्वासको मत दिने

जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो समूहले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ।
जसपाको महन्थ-राजेन्द्र समूहले पनि देउवालाई विश्वासको मत दिने

काठमाडौं, साउन ३ : जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो समूहले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

संघीय संसद् भवनमा प्रधानमन्त्री देउवासँग केहीबेरअघि भएको वार्तापछि विश्वासको मत दिन उक्त पक्ष सहमत भएको हो । 

त्यससँगै जसपाका सबै ३२ जना सांसदले नै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निश्चित भएको एक सांसदले जानकारी दिए ।

आफ्ना सांसद धमाधम उपेन्द्र यादव समूहमा खुल्न थालेपछि महन्थ-राजेन्द्र समूहले पनि विश्वासको मतको पक्षमा उभिने निर्णय लिएको ती सांसदले बताए।
 

प्रकाशित मिति: १८:१२ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्