१५ मिनेटका लागि प्रतिनिधिसभा स्थगित, दोस्रो बैठकमा विश्वासको मतमा निर्णय
प्रतिनिधिसभाको आइतबार आरम्भ भएको अधिवेशनको पहिलो बैठक सकिएको छ।
काठमाडौं, साउन ३ : प्रतिनिधिसभाको आइतबार आरम्भ भएको अधिवेशनको पहिलो बैठक सकिएको छ ।
१५ मिनटपछि बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रतिनिधिसभाको अधिवेशन आरम्भ भएको पहिलो दिन नै प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन् ।
कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, जसपाका २०, राष्ट्रिय जनमोर्चाका एक र स्वतन्त्र एक सांसदले देउवालाई विश्वासको मत दिने भएका छन् । यस्तै, एमालेको माधवकुमार नेपाल समूहका सांसदले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिँदै छन् ।
प्रकाशित मिति: १७:४० बजे, आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








