Kathmandu Press

कांग्रेस अब मिशन र भिजनका साथ अघि बढ्छः पौडेल

चितवन, असार २१ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन्।

नेपाल विद्यार....

कांग्रेस अब मिशन र भिजनका साथ अघि बढ्छः पौडेल
फाइल

चितवन, असार २१ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन्।

नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले शनिबार गरेको एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पौडेलले अहिले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको बताए। राजनीतिमा मिशन र भिजन नहुँदा सम्मानित क्षेत्रका रुपमा विकास हुन नसकेको उनको भनाइ छ।

‘राजनीतिमा मिशन नहुँदा जनतामा वितृष्णा बढेर गयो। यस कारण राजनीतिले ठीक दिशा लिन सकेको छैन,’ उनले भने।  पौडेलले ७० वर्षको संघर्षपछि आएको परिवर्तन संस्थागत हुन नपाउँदै राजनीतिमा फेरि अन्योलता छाएको बताए।  

 फरक प्रसङ्गमा उनले नेपाल विद्यार्थी संघ गुटमा लाग्न नहुने सुझाव दिए। नेविसंघ स्वचालित हुन आवश्यक रहेको बताउँदै उनले भने,‘नेताबाट सञ्चालित होइन देश र जनताका लागि आफैँ सञ्चालित हुन आवश्यक छ।’
 

प्रकाशित मिति: ११:२३ बजे, शनिबार, असार २१, २०७६