Kathmandu Press

जसपा आधिकारिकता विवाद मुद्दा आयोगको इजलासले हेर्दाहेर्दैमा राख्याे

काठमाडौं, साउन ३ : जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादसम्बन्धी मुद्दा निर्वाचन आयोगको इजलासमा हेर्दाहेर्दैमा परेको छ।त्यस्तै आयोगको आज (आइतबार) बसेको इजलासले आगामी...
जसपा आधिकारिकता विवाद मुद्दा आयोगको इजलासले हेर्दाहेर्दैमा राख्याे

काठमाडौं, साउन ३ : जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादसम्बन्धी मुद्दा निर्वाचन आयोगको इजलासमा हेर्दाहेर्दैमा परेको छ।

त्यस्तै आयोगको आज (आइतबार) बसेको इजलासले आगामी साउन ६ देखि उक्त मुद्दाको निरन्तर सुनुवाइ गर्दै निर्णयमा पुग्न दैनिक दुई घन्टाको समय छुट्याउने निर्णय गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको इजलासले जसपा विवादसम्बन्धी प्रारम्भिक सुनुवाइ गर्दै कागजपत्र झिकाउने निर्णय गरेको छ।

जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षका तीन/तीनजना वकिललाई समय दिने आयोगले जनाएको छ।

ठाकुर र यादव दुवै पक्षले जसपा आधिकारिकताको दाबी गर्दै विभाजनको प्रक्रिया अगाडि बढाइदिन आग्रह गरेका थिए।

प्रकाशित मिति: १७:३५ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्