Kathmandu Press

थप १८०१ जनामा कोरोना संक्रमण पुष्टि, २३ को मृत्यु 

काठमाडौं, साउन ३ : गत २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ। देशभर ९ हजार ६ सय २८ जनामा कोरोना परिक्षण गरिएकोमध्ये...
थप १८०१ जनामा कोरोना संक्रमण पुष्टि, २३ को मृत्यु 

काठमाडौं, साउन ३ : गत २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ। 

देशभर ९ हजार ६ सय २८ जनामा कोरोना परिक्षण गरिएकोमध्ये १ हजार आठ सय एक जनामा संक्रमण पुष्टि भएको छ। भने एक हजार ६ सय ६७ जना संक्रमणमुक्त भएका छन्।

यस्तै कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै तीन सय ३४ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा दुई सय ३४, ललितपुरमा ६४ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको हो।
 

प्रकाशित मिति: १७:३० बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्