Kathmandu Press

भीम रावलले सांसद पदबाट राजीनामा दिनु अनुपयुक्त : वामदेव गाैतम

काठमाडौं, साउन ३ : एमाले उपाध्यक्ष वामदेव गौतमले सरकारको पक्षमा वा विपक्षमा मत दिने वा नदिने भन्ने विषय सांसदको स्वविवेकीय निर्णय गर्ने अधिकार...
भीम रावलले सांसद पदबाट राजीनामा दिनु अनुपयुक्त : वामदेव गाैतम

काठमाडौं, साउन ३ : एमाले उपाध्यक्ष वामदेव गौतमले सरकारको पक्षमा वा विपक्षमा मत दिने वा नदिने भन्ने विषय सांसदको स्वविवेकीय निर्णय गर्ने अधिकार भएको व्याख्या सर्वोच्च अदालतले गरिसकेको स्थितिमा भीम रावलले पदबाट राजीनामा दिनु अनुपयुक्त भएको प्रतिक्रिया छन्। 

आज (आइतबार) राष्ट्रिय सभा बैठकमा सहभागी हुन नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेका गौतमले त्यस्तो प्रतिक्रिया दिएका हुन्। पार्टीको निर्णय मान्ने अवस्थामा मत नदिए पनि हुने ठाउँमा पदबाटै राजीनामा दिन नहुने उनको भनाइ थियो।

‘पार्टीको निर्णय नमान्ने हो भने सर्वोच्चले धारा ७६ (५) मा सांसदलाई स्वविवेकीय निर्णय गर्ने अधिकार दिएको छ, त्यसमा अडिग भएको भए पनि हुन्थ्यो। सांसदबाट राजीनामा दिने उनको निर्णय यसहिसाबले अनुपयुक्त हो,’ उनले भने, ‘उहाँले राजीनामा नदिर्इ पनि आफ्नो विवेकमा अडिग रहन सक्नुहुन्थ्यो।’ 

प्रकाशित मिति: १७:०४ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्