Kathmandu Press

शक्ति पृथकीकरणविरुद्ध चालिएको कदम असफल : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले शक्ति पृथकीकरणविरुद्ध चालिएको कदम असफल भएकामा सबैलाई बधाइ दिएका छन् ।
शक्ति पृथकीकरणविरुद्ध चालिएको कदम असफल : सभामुख

काठमाडौं, साउन ३ : सभामुख अग्निप्रसाद सापकोटाले शक्ति पृथकीकरणविरुद्ध चालिएको कदम असफल भएकामा सबैलाई बधाइ दिएका छन् ।

प्रतिनिधिसभाको आइतबारदेखि सुरु अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संसदको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा सर्वोच्च अदालतको फैसलाले लगाम लगाएको बताए ।

‘शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्तविपरीत चालिएको कदम एकपटक फेरि असफल भएको छ’ उनले भने, ‘प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ ।’

संसद पुनःस्थापना हुनु गौरवपूर्ण भन्दै उनले सबै सांसदलाई बधाइ दिए । प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाका लागि सर्वोच्च अदालतलाई पनि धन्यवाद दिए ।
 

प्रकाशित मिति: १७:०२ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्