पुनःस्थापित प्रतिनिधिसभाकाे पहिलाे बैठक सुरु
काठमाडौं, साउन ३ : नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको बैठक सुरु भएको छ। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आठौं अधिवेशनको पहिलाे बैठक सुरु गरेका हुन्।सर्वोच्च अदालतको आदेशअनुसार...
काठमाडौं, साउन ३ : नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको बैठक सुरु भएको छ। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आठौं अधिवेशनको पहिलाे बैठक सुरु गरेका हुन्।
सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज (आइतबार) अपराह्न ४ बजेका लागि संसदका दुवै सदनको नवौं अधिवेशन आह्वान गरेकी हुन्।
तर निर्धारित समयभन्दा ३५ मिनेट ढिला गरी बैठक सुरु भएको हो।
आज बोलाइएको प्रतिनिधिसभा अधिवेशनमा दुईवटा बैठक हुनेछन्। पहिलो बैठक औपचारिकताका लागि मात्रै गरिनेछ। तथापि सो बैठकमा बैठकमा राष्ट्रपति भण्डारी र राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु वाचन गरेर सुनाइनेछन्।
त्यसैगरी संविधानसभाका पूर्वसदस्यहरू तथा सांसदहरुको निधनका शोक प्रस्तावहरू पनि पहिलो बैठकमा पारित गरिनेछन्।
त्यसपछि विभिन्न अध्यादेशहरू पनि पहिलो बैठकमै पेस गरिने जनाइएको छ। त्यसपछि पहिलो बैठक समापन हुनेछ।
पहिलो बैठक सकिएको १५ मिनेटपछि दोस्रो बैठक प्रारम्भ हुनेछ। दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यक्रम छ।


-1789640101-1789640288.jpg)








