Kathmandu Press

विश्वासको मतका पक्षमा मतदान गर्न कांग्रेस संसदीय दलको आह्वान

काठमाडौं, साउन ३ : नेपाली कांग्रेस संसदीय दलले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई संसद्को विश्वास छ भनी राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा...
विश्वासको मतका पक्षमा मतदान गर्न कांग्रेस संसदीय दलको आह्वान

काठमाडौं, साउन ३ : नेपाली कांग्रेस संसदीय दलले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई संसद्को विश्वास छ भनी राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दल एवं सांसदलाई आह्वान गरेका छन्।

नयाँबानेश्वरस्थित संसद् भवनमा आज बसेको बैठकले विश्वासको मतका पक्षमा मतदान गर्न आफ्ना सबै सांसदलाई निर्देश (ह्वीप) जारी गरेको दलका सचेतक पुष्पा भुसालले जानकारी दिइन्। 

बैठकले सर्वोच्च अदालतको फैसलाले संविधानको रक्षा गरेको जनाउँदै सो फैसलाको स्वागत गरको छ। साथै यसका लागि सहयोग गर्ने बुद्धिजीवी, नागरिक समाज, पत्रकार जगत्लाई धन्यवाद दिएको छ। 

सचेतक भुसालले वर्तमान सरकारलाई विश्वासको मत प्राप्त हुनेमा संसदीय दल विश्वस्त रहेको जानकारी पनि दिए। असार २८ गतेको सर्वोच्च अदालतको परमादेशअनुसार असार २९ गते नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता देउवा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका छन् । 
 

प्रकाशित मिति: १६:१२ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्