Kathmandu Press

जसपा आधिकारिकता विवादमा ठाकुर र यादव दुवैको आ–आफ्नै दावी

जसपा आधिकारिकता विवादमा ठाकुर र यादव दुवैको आ–आफ्नै दावी

काठमाडौँ, साउन ३ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले पार्टीको आधिकारिकतामा दावी गरेका छन्। आइतबार निर्वाचन आयोगमा भएको सुनुवाइका क्रममा दुवै पक्षले पार्टी आधिकारिकताको दावी गरेको हुन् ।

आयोगमा पुगेर दुवै पक्षका नेताहरुले पार्टीका नाम चिन्ह आफूहरुले पाउनुपर्ने बताएका छन् भने दुवै पक्षले आफुसँग बहुमत कार्यकारिणी सदस्य रहेको दावी गरेका छन् । सुनुवाइपछि जसपा उपेन्द्र पक्षका नेता महेन्द्र राय यादवले पार्टी आधिकारिकताका बारेमा भएको मागदावीमा विधि र विधान अनुरुप टुङ्गो लगाउनुपर्ने बताएक छन् ।

आफूहरुको हस्ताक्षरलाई सर्वोच्चले समेत मान्यता दिएकाले आफुसँग बहुमत सदस्य रहेको उनको भनाइ छ । अर्को पक्षले नै पार्टीबाट अलग्गिने बताएको उनले बताए । त्यस्तै महन्थ पक्षका नेता लक्ष्मणलाल कर्णले अर्को पक्षको दावी कानूनसम्मत् नरहेको बताए। उनले आयोगले जसपाका बारेमा छिटै निर्णय गर्नुपर्ने धारणा राखे ।

पार्टीको आधिकारिकता विवाद निरुपणका लागि राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३–४४ अन्तर्गत आयोगले सुनुवाई गर्न लागेको हो। आयोगले सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरुको ५ सदस्यीय इजलास गठन गरेको छ । 


 

प्रकाशित मिति: १५:४३ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्