Kathmandu Press

राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

काठमाडौं, साउन ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले केपी निवर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन्।शेरबहादुर देउवा...
राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

काठमाडौं, साउन ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले केपी निवर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन्।

शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा सम्प्रेषित सूचनामा उल्लेख छ।

तत्कालनि ओली सरकारले संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको नेता, सभामुख नभए पनि बैठक बस्न मिल्ने र संवैधानिक निकायहरुमा नियुक्ती गर्न मिल्नेगरी अध्यादेश जारी गरेको थियो।

नयाँ सरकारले उक्त अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

प्रकाशित मिति: १५:३८ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्