Kathmandu Press

एथ्लेटिक्स प्रशिक्षकलाई कोरोना संक्रमण, टाेकियाे ओलम्पिकमा सहभागी नहुने

काठमाडौं, साउन ३ : एथ्लेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना संक्रमण पुष्टी भएको छ। टोकियो ओलम्पिकमा सहभागी हुन जानुअघि गरिएको परीक्षणमा मल्ललाई कोरोना संक्रमण देखिएको...
एथ्लेटिक्स प्रशिक्षकलाई कोरोना संक्रमण, टाेकियाे ओलम्पिकमा सहभागी नहुने

काठमाडौं, साउन ३ : एथ्लेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना संक्रमण पुष्टी भएको छ। टोकियो ओलम्पिकमा सहभागी हुन जानुअघि गरिएको परीक्षणमा मल्ललाई कोरोना संक्रमण देखिएको हो।

कोरोना संक्रमण पुष्टी भएपछि मल्ल ओलम्किपमा सहभागी नहुने नेपाल ओलम्पिक कमिटीले जनाएको छ। टोकियो ओलम्पिकको आयोजकको कोभिड सम्बन्धी नियमअनुसार मल्ललाई ओलम्पिकमा हभागी गराउन नसकिने एओसीले विज्ञप्तिमार्फत जनाएको छ।

मल्लको स्थानमा सन्तोष श्रेष्ठलाई प्रशिक्षक बनाउने सहमति भइससकेको एनओसीले जनाएको छ। ओलम्किमा एथ्लेटिक्सकी सरस्वती चौधरीले सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छिन्। 

यसपटक ओलम्पिकमा नेपालबाट गौरिका सिंह र एलेक्स शाहसँगै सुटिङकी कल्पना परियार, जुडोका सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीले सहभागिता जनाउनेछन् । टोकियो ओलम्पिक यही जुलाई २३ देखि अगष्ट ८ सम्म आयोजना हुनेछ ।

प्रकाशित मिति: १५:१६ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्