Kathmandu Press

कांग्रेस संसदीय दलको बैठक बानेश्वरमा जारी

काठमाडौं, साउन ३ : नेपाली कांग्रेस संसदीय दलको बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन नयाँ बानेश्वरमा बैठक जारी छ।आज (आइतबार) अपराह्न ३ बजे बैठक...
कांग्रेस संसदीय दलको बैठक बानेश्वरमा जारी

काठमाडौं, साउन ३ : नेपाली कांग्रेस संसदीय दलको बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन नयाँ बानेश्वरमा बैठक जारी छ।

आज (आइतबार) अपराह्न ३ बजे बैठक सुरु भएको थियो। अपराह्न २ बजेका बोलाइएको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तताका कारण ४५ मिनेट ढिलो सुरु भएको जनाइएको छ।

आज ४ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। प्रधानमन्त्री देउवाले आजै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिन लागेका छन्। धारा ७६ ९५० अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संविधानको एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था भए पनि उनले आजै विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मतकै सन्दर्भमा बैठकमा छलफल भइरहेको जनाइएको छ। एमाले वरिष्ठ नेता नेपाल समूहका सांसदहरूले पनि मत दिने बताइरहँदा देउवाले विश्वासको मत पाउने करिब निश्चितजस्तै रहेको देखिन्छ।

प्रकाशित मिति: १५:०६ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्