प्रधानमन्त्री देउवाले खोप केन्द्रहरूको अनुगमन गर्ने
काठमाडौं, साउन ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रहरूको अनुगमन गर्ने भएका छन्।उनले भोलि (सोमबार) १० बजेदेखि खोप केन्द्रको अनुगमन गर्न लागेको स्वास्थ्य...
काठमाडौं, साउन ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रहरूको अनुगमन गर्ने भएका छन्।
उनले भोलि (सोमबार) १० बजेदेखि खोप केन्द्रको अनुगमन गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।
मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवाले जोरपाटीस्थित अपांग अस्पताल, महाराजगन्जस्थित शिक्षण अस्पताल, महाबौद्धस्थित वीर अस्पताल र लगनखेलस्थित पाटन अस्पताललगायतको निरीक्षण गर्नेछन्।
सोमबारदेखि कोभ्याक्स सुविधामार्फत अमेरिकाबाट प्राप्त जोन्सन एन्ड जोन्सनको खोप कार्यक्रम सुरु हुँदैछ।
एक डोज मात्र लाए पुग्ने जोन्सनको १५ लाख ३४ हजार ४ सय ५० डोज खोप नेपाललाई प्राप्त भएको थियो।
प्रकाशित मिति: १४:२० बजे, आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








