देउवालाई विश्वासको मत दिने सांसदहरु एमालेमा रहन्नन् : प्रवक्ता ज्ञवाली

काठमाडौं, साउन ३ : एमाले प्रवक्ता प्रदिप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसद् पार्टीमा नरहने बताएका छन् ।
च्यासल स्थित तुलसिलाल अमात्य प्रतिष्ठानमा बसेको नेकपा एमालेको स्थायी समिति बैठकपछि ज्ञवालीले देउवालाई मतदान गरेर एमालेमा बस्न नमिल्ने बताएका हुन्। एमाले बैठकले शेरबहादुर देउवाको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
पार्टीको निर्णय विपरीत ज–जसले विश्वासको मत दिन्छन्, उनीहरु पार्टीमा रहन नसक्ने ओली पक्षले घोषणा गरेको छ ।
सर्वोच्च अदालतको २८ असारको परमादेशपछि संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आज संसद्मा विश्वासको मत लिँदैछन्।
प्रकाशित मिति: १४:१९ बजे, आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








