जसपा उपेन्द्र पक्षीय संसदीय दलको बैठक बस्दै
काठमाडौं, साउन ३ : पुनर्स्थापित संसदको पहिलो बैठक आज (आइतबार) अपराह्न ४ बजे बस्दैछ।त्यसअघि जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षको संसदीय दलको...
काठमाडौं, साउन ३ : पुनर्स्थापित संसदको पहिलो बैठक आज (आइतबार) अपराह्न ४ बजे बस्दैछ।
त्यसअघि जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षको संसदीय दलको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा बस्दैछ।
जसपा उपेन्द्र पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ। विश्वासको मतका लागि आज हुने मतदानमा कसरी प्रस्तुत हुने विषयमा छलफल गर्न लागिएको एक नेपालले बताए।
शनिबारसम्म १९ सांसद विश्वासको मतको पक्षमा रहेको तर आज विश्वासको मत दिनेको संख्या बढ्ने दाबी उनले गरे।
प्रकाशित मिति: १३:३६ बजे, आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








