कांग्रेस निर्वाचन समितिको रिक्त सदस्य पदमा तेजबहादुर रावल नियुक्त
काठमाडौं, साउन ३ : नेपाली कांग्रेसकाे निर्वाचन समितिको रिक्त सदस्य पदमा तेजबहादुर रावल नियुक्त भएका छन्। याे समिति कांग्रेसकाे महाधिवेशन गर्ने निकाय हाे।प्रधानमन्त्री एवं...
काठमाडौं, साउन ३ : नेपाली कांग्रेसकाे निर्वाचन समितिको रिक्त सदस्य पदमा तेजबहादुर रावल नियुक्त भएका छन्। याे समिति कांग्रेसकाे महाधिवेशन गर्ने निकाय हाे।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधानको धारा २५ (९) बमोजिम उनलाई नियुक्त गरेका हुन्।
सो समितिमा रहँदै आएका खम्मबहादुर खाती महान्यायाधिवक्तामा नियुक्त भएपछि रिक्त हुन आएको सो पदमा रावललाई नियुक्त गरिएको हो।
रावल कञ्चनपुर निवासी हुन्। पाँच सदस्यीय समितिमा संयोजक महादेव यादवसहित गोपालकृष्ण घिमिरे, सीताराम केसी, एकराज पोखरेल सदस्य छन्।
प्रकाशित मिति: १३:२० बजे, आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








