Kathmandu Press

साउनदेखि सामाजिक सुरक्षा कोष संकलनको काम थाल्ने सरकारको तयारी

काठमाडौं, असार २० : सरकारले आगामी साउनदेखि सामाजिक सुरक्षा कोष संकलनको काम सुरु गर्ने भएको छ। त्यसका लागि सरकारले अहिले अहिले सामाजिक सुरक्षा कोष....

साउनदेखि सामाजिक सुरक्षा कोष संकलनको काम थाल्ने सरकारको तयारी

काठमाडौं, असार २० : सरकारले आगामी साउनदेखि सामाजिक सुरक्षा कोष संकलनको काम सुरु गर्ने भएको छ। त्यसका लागि सरकारले अहिले अहिले सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने काम गरिरहेको छ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सामाजिक सुरक्षा कोषमा सूचीकृतहरुको संख्या भने उत्साहजनक नभएको पनि बताए। 

हालसम्म व्यक्तिगत रुपमा ३ हजार ४ सय र संस्थागत रुपमा १५ हजार रोजगार दाताहरुले मात्रै सो कोषमा आफ्नो नाम दर्ता गराएका छन्। कार्यकारी निर्देशक अधिकारीले बुझाउने कुरामा कमी भएका कारण पनि सो कोषमा नाम सूचीकृत गर्नेहरुको संख्यामा उल्लेख्य वृद्धि हुन नसकेको बताए।

श्रमिकहरुलाई समेत सेवा अवकाशपछि पेन्सन दिने योजनासहित सरकारले घोषणा गरेको कार्यक्रम उपयोगी रहेको अधिवक्ता गान्धी पण्डितले बताए। उनले कोषले सेवा अवकाशपछि दिने उपचार खर्च लगायतको सुविधा गरिब समूदायको हितमा रहेको पनि स्पष्ट पारे।

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनेहरुको संख्या हाललाई उत्साहजनक नरहेपनि त्यसप्रति आकर्षण विस्तारै बढ्दै जाने कार्यकारी निर्देशक अधिकारीको विश्वास छ।
 

प्रकाशित मिति: १८:११ बजे, शुक्रबार, असार २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्