Kathmandu Press

एमालेका २३ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेछन् : नेत्री झाँक्री

एमालेका २३ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेछन् : नेत्री झाँक्री

काठमाडौं, साउन ३ : सांसद रामकुमारी झाँक्रीले प्रतिनिधिसभालाई पूरा कार्यकाल सञ्चालन गर्न प्रधानमन्त्री शेरबादुर देउवालाई विश्वासको मत दिनुपर्नेमा जोड दिएकी छन्।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा आबद्ध सांसद झाँक्रीले प्रधानमन्त्री देउवालाई आफ्नो तर्फबाट मत दिने बताइन्।

प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै सर्वोच्चमा रिट पेस गर्दा एमालेका तर्फबाट हस्ताक्षर गर्ने २३ जनाले उनलाई विश्वासको मत दिनु कर्तव्य भएको उनले स्पष्ट पारिन्।

ती सबै सांसदले देउवालाई विश्वासको मत दिने दाबी उनले गरिन्।

धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संविधानको एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ। तर उनले आजै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिन लागेका छन्।

जनता समाजवादी (जसपा) उपेन्द्र-बाबुराम पक्ष र एमाले नेपाल समूहका सांसदले साथ छाडेनन् भने प्रधानमन्त्री देउवाले सजिलै विश्वासको मत पाउनेछन्। 

प्रकाशित मिति: १३:०५ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्