अघिल्लो सरकारले ल्याएका सबै अध्यादेश संसदमा पेस हुँदै
काठमाडौं, साउन ३ : पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज (आइतबार) अपराह्न ४ बजे बस्दैछ।उक्त बैठकमा निवर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ल्याएका सबै...
काठमाडौं, साउन ३ : पुनर्स्थापित संसदको पहिलो बैठक आज (आइतबार) अपराह्न ४ बजे बस्दैछ।
उक्त बैठकमा निवर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ल्याएका सबै अध्यादेश संसदमा पेस गर्ने तयरी भइरहेको छ।
आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा संसदको सातौं अधिवेशनपछि तत्कालीन सरकारले ल्याएका सबै अध्यादेश संसदमा पेस गर्न एमालेले अडान राखेपछि ती अध्यादेशहरू संसदमा पेस गर्न लागिएको हो।
निवर्तमान सरकारले १४ वटा अध्यादेश ल्याएका छन्। संविधानको धारा ११४ अनुसार सबै अध्यादेश संसदमा पेस गर्ने सहमति भएको एमाले संसदीय दलले जनाएको छ।
आजै बस्ने संसदको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन्।
प्रकाशित मिति: १२:५० बजे, आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








