कोरोना परीक्षणको दायरा बढाउन प्रधानमन्त्री देउवाकाे निर्देशन

काठमाडौं, साउन ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना परीक्षणको दायरा बढाउन निर्देशन दिएका छन्।
आज (आइतबार) प्रधानमन्त्री देउवाले सिंहदरबारमा स्वास्थ्य मन्त्रालय, मन्त्रालयका सचिव, विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक र खोप महाशाखा प्रमुखलाई बोलाएर निर्देशन दिएका हुन् ।
कोरोना खोप खरिदलाई चुस्त रूपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।
उनले कोरोनाको तेस्रो लहरको पूर्वतयारीका लागि सीमा नाकाहरूमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, बेड र आइसियुको प्रबन्ध गर्न पनि निर्देशन दिएका छन्।
प्रधामन्त्री देउवाले यसअघि पनि मुख्य सचिव शंकरदास वैरागी र स्वास्थ्य मन्त्रालयका सचिवलगायतसँग खोप खरिद प्रक्रिया चुस्त बनाउन निर्देशन दिइसकेका छन्।
प्रकाशित मिति: १२:३० बजे, आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








