एमाले स्थायी कमिटी बैठक जारी
काठमाडौं, साउन ३ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी छ । दोस्रो पटक पुनर्स्थापना भएको....jpg)
काठमाडौं, साउन ३ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी छ ।
दोस्रो पटक पुनर्स्थापना भएको प्रतिनिधि सभाको बैठक पनि आज अपराह्न ४ बजे बस्दैछ । उक्त बैठकअघि एमालेको स्थायी कमिटी बैठक बसेको हो।
बैठकमा पार्टीको आन्तरिक विवाद, विधान अधिवेशन र संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने भएको छ। बैठकमा माधव नेपाल समूह भने उपस्थित छैनन् ।
यसअघि शुक्रबार पनि एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बसेको थियो । स्थायी कमिटीले एमालेको भूमिका प्रतिपक्षका रुपमा हुने र सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।
प्रकाशित मिति: १२:२२ बजे, आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार


-1789640101-1789640288.jpg)








