Kathmandu Press

११ देशका राजदूत नियुक्ति सिफारिस खारेज

काठमाडौं, साउन ३ : सरकारले ११ देशको राजदूत नियुक्ति सिफारिस खारेज गरेको छ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले केपी ओली सरकारले गरेको राजदूत नियुक्ति खारेज गरेको...
११ देशका राजदूत नियुक्ति सिफारिस खारेज

काठमाडौं, साउन ३ : सरकारले ११ देशको राजदूत नियुक्ति सिफारिस खारेज गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले केपी ओली सरकारले गरेको राजदूत नियुक्ति खारेज गरेको बताइएको छ। संसदीय प्रक्रिया छलेर राजदूत नियुक्ति गरिएकाले सरकारले राजदूत नियुक्ति खारेज गरेको हो।

परराष्ट्र मन्त्रालयले राजदूत नियुक्त भएका सम्बन्धित मुलुकमा ‘एग्रिमो’का लागि पत्राचार गरिसकेको थियो । प्रतिनिधि सभा विघटनको अवस्थामा ओली नेतृत्वको सरकारले विभिन्न मुलुकका राजदूत नियुक्त गर्न जेठ १ गते सिफारिस गरेको थियो।

ओली सरकारले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मालाई राजदूत नियुक्त गरेको थियो।

त्यस्तै रसियाका लागि जंगबहादुर चुहान, अष्ट्रेलियाका लागि सुम्निमा तुलाधार, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी, साउदी अरेवियाका लागि मेराज मुसलमान र बहराइनका लागि युवराज कार्कीलाई राजदूतमा नियुक्त गरेको थियो।

प्रकाशित मिति: १२:०९ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्