Kathmandu Press

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने 

प्रधानमन्त्री नियुक्त भएका देउवाले संविधानको धारा ७६ को ५ अनुसार एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ। 
प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने 

काठमाडौं, साउन ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । 

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले सङ्घीय संसद् सचिवालयमा प्रधानमन्त्री देउवाले सदनबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराएकोसंसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए। 

प्रधानमन्त्री नियुक्त भएका देउवाले संविधानको धारा ७६ को ५ अनुसार एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ। 

सर्वोच्च अदालतको परमादेशपछि नेपाली कांग्रेसका सभापति देउवा असार २९ गते प्रधानमन्त्री बनेका थिए। 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूको समर्थनमा प्रधानमन्त्री बनेका देउवाले पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिने तयारी गरेका हुन्। 

पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आइतबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ।  

प्रकाशित मिति: १०:४१ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्