Kathmandu Press

जसपाको आधिकारिकताबारे आजदेखि आयोगमा सुनुवाइ

काठमाडौं, साउन ३ : जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकताका विषयमा आजदेखि निर्वाचन आयोगको इजलासमा सुनुवाइ हुन लागेको छ।जसपाको आधिकारिकता दाबी गर्दै अध्यक्ष...
जसपाको आधिकारिकताबारे आजदेखि आयोगमा सुनुवाइ

काठमाडौं, साउन ३ : जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकताका विषयमा आजदेखि निर्वाचन आयोगको इजलासमा सुनुवाइ हुन लागेको छ।

जसपाको आधिकारिकता दाबी गर्दै अध्यक्ष उपेन्द्र यादवले निवेदन दिएका थिए। त्यसपछि आयोगले अर्का अध्यक्ष महन्थ ठाकुरलाई समय दिएको थियो।

दुवै पक्षले दाबी पेश गरेपछि पनि आयोगले छलफल गरेको थियो। दुवै पक्षले मिलेर जान नसकिने जनाउँदै छुट्याइदिन आग्रह गरेका थिए।

दुवै पक्षको सहमतिमा आधिकारिकता विवाद टुंग्याउने आयोगले इजलास गठन गरेको छ। आजदेखि आयोगको इजलासमा सुनुवाइ हुने भएको छ।

दुवै पक्षले आफ्नो आधिकारिकता दाबीका लागि कानून व्यवसायीलाई आयोगमा बहस गराउन सक्नेछन्। दुवै पक्षको बहस पछि आयोगले निर्णय गर्नेछ।

जसपामा अध्यक्ष यादवसगँै संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई, अशोक राई, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ लगायतका नेता एकातिर र अध्यक्ष महन्थसँगै वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायत अर्कोतिर छन्।

जसपाको प्रमुख मानिएको केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षको बहुमत छ। ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा ३० सदस्य यादवको पक्षमा छन्।

यसअघि जसपाका संसदीय दलमा ठाकुर पक्षको बहुमत थियो। तर, शनिबार पाँच जना सांसद यादव पक्षतिर गएका छन्। अब संसदीय दलमा पनि यादव पक्षकै बहुमत देखिएको छ।

प्रकाशित मिति: ०९:०६ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्