Kathmandu Press

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं, साउन ३ : प्रतिनिधिसभा पुनःस्थापनापछि आज पहिलो पटक संघीय संसद्का दुवै सदनको बैठक बस्न लागेको छ।सर्वोच्च अदालतको आदेशअनुसार, आज अपराह्न ४ बजे...
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं, साउन ३ : प्रतिनिधिसभा पुनःस्थापनापछि आज पहिलो पटक संघीय संसद्का दुवै सदनको बैठक बस्न लागेको छ।

सर्वोच्च अदालतको आदेशअनुसार, आज अपराह्न ४ बजे संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक बस्न लागेको हो। मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी थिइन्।

आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले १६ वटा विधेयक पेश गर्ने भएको छ। शनिबार बसेको मन्त्रिपरिषद बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका विधेयकहरू प्रतिनिधिसभामा पेश गर्ने निर्णय गरेको थियो।

त्यस्तै, आज अपराह्न ४ बजे राष्ट्रियसभा बैठक पनि बस्न लागेको छ। प्रतिनिधिसभासँगै सरकारले राष्ट्रियसभा बैठक पनि बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो।

दुवै सदनको बैठकका लागि तयारी पूरा भएको संघीय संसद् सचिवालयले जनाएको छ। यसका लागि सांसद र कर्मचारीको कोरोना परीक्षण पनि गरिएको थियो।

प्रकाशित मिति: ०६:३४ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्