Kathmandu Press

चिनियाँ कम्पनीसँग खरिद गरिएको कोरोना खोप १५ साउनसम्ममा आउने

चिनियाँ कम्पनीसँग खरिद गरिएको ३२ लाख डोज कोभिड खोप १५ साउनभित्र आयात गरिसक्ने तयारी सरकारले गरेको छ।
चिनियाँ कम्पनीसँग खरिद गरिएको कोरोना खोप १५ साउनसम्ममा आउने

काठमाडौं, साउन २ : चिनियाँ कम्पनीसँग खरिद गरिएको ३२ लाख डोज कोभिड खोप १५ साउनभित्र आयात गरिसक्ने तयारी सरकारले गरेको छ ।

चीनमा निर्मित भेरोसेल खोप नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत ल्याउने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरमणि अधिकारीका अनुसार ६ साउनदेखि वाइडबडी विमानका तीनवटा उडानमार्फत चीनबाट खोप ल्याउन लागिएको हो ।

यस्तै, भारतमा निर्मित कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई छिट्टै दोस्रो डोज दिने तयारी भइरहेको डा. अधिकारीले जानकारी दिए । त्यसका लागि जापानले उपलब्ध गराएको एस्ट्राजेनेका खोप प्रयोग गरिने भएको छ । कोभिसिल्ड पनि एस्ट्राजेनेकाकै सूत्रमा निर्मित खोप हो ।

भारतको सिरम इन्स्टिच्युटसँग सरकारले खरिद गरेको कोभिसिल्ड खोप नपठाएपछि जापानबाट प्राप्त खोप ज्येष्ठ नागरिकलाई दिइन लागेको हो ।

६५ वर्षमाथिको उमेर समूहका करिब साढे १४ लाखजनाले कोभिसिल्डको पहिलो डोज पाएका थिए ।
 

प्रकाशित मिति: २१:३० बजे, शनिबार, साउन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्